काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तसहित चार कम्पनीको ७३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । सोमबार, चार कम्पनीको कुल ७३ लाख १४ हजार ५०८.८१२५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा, नागरिक लगानी कोषको ७ प्रतिशत दरका कुल ४२ लाख ४० हजार ३७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको १४ प्रतिशत दरका कुल १८ लाख ८६ हजार ५२६.४६ कित्ता सेयर सूचीकृत भएको छ ।
कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.५० प्रतिशत दरका कुल ३ लाख ५३ हजार ७०५.६५२५ कित्ता सेयर सूचीकृत भएको छ । राधि विद्युत कम्पनी लिमिटेडको ४.७५ प्रतिशत दरका कुल ८ लाख ३३ हजार ९०४.७० कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्