काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख २ हजार १ सय १२ कित्ता सेयर बिक्रीमा ल्याएको छ।
कम्पनीले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयरमा हाललाई नेपाल लाइफका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त सेयर खरिद गनृ इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्