Shikhar Insurance
National Life

अध्यादेशमाथि प्रतिपक्षीको आरोप मिथ्या र तर्कहिन : सञ्चारमन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १८:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको विधेयकबारे लोकतन्त्र विरोधी भनेर प्रतिक्षीले लगाएको आरोप मिथ्या र तर्कहिन रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सुशासन पवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले उस्तो बताएका हुन् ।

उनले सरकार लोकतन्त्रलाई बलियो बनाउन प्रतिवद्ध रहेको बताए । सरकारलाई आवश्यक परेको समयमा अध्यादेश ल्याउन पाउने संवैधानिक अधिकार भएको उनको भनाइ छ । मन्त्री गुरुङले गाउँपालिका वा नगरपालिकामा प्रमुख वा उपप्रमुखको पद रिक्त रहेको अवस्थामा वर्तमान कानूनले विकल्प नदिएको बताए । उनले पद रिक्त भएकै कारण सार्वजनिक सेवा अवरुद्ध नहोस् भनेर अध्यादेशमार्फत कानूनी व्यवस्था गर्न लागिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री गुरुङले विकास र निर्माणको माध्यमबाट समृद्धिको लक्ष्यमा पुग्न गर्न सुशासन पवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको जिकिर गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्