Skip to content
Shikhar Insurance
National Life

विपक्षी दलद्वारा संसदमै नारबाजी

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले अवरोध कायमै राखेका छन् । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको लगातारको अवरोधका कारण बुधवारको बैठक पनि प्रभावित बनेको छ ।

बैठक शुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सदनको कारबाही अगाडि बढ्न सकेको छैन । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलका सांसदहरूले नाराबाजीसहित विरोध गरिरहेका छन् ।

उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । यसअघि सदनको गतिरोध अन्त्य गर्न सत्तापक्ष र प्रतिपक्षबीच पटकपटक छलफल भएपनि कुनै ठोस सहमति जुट्न सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्