Skip to content
Shikhar Insurance
National Life

आर्थिक ऐन २०८२ ले के-के विषयमा दियो कर छुट ? ‘दफा ५७ ले निर्धारण गरेको कर असारसम्म तिरे ब्याज जरिवाना नलाग्ने’

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक ऐन २०८२ ले विभिन्न १० शिर्षकमा कर छुट दिएको छ । आयकर ऐन २०५८,मूल्य अभिवृद्धि कर ऐन २०५२ र अन्तशुल्क ऐन २०५८ अनुसार लाग्ने करमा १० वटा छुट घोषणा भएको हो ।

आयकर ऐन २०५८ को दफा ५७ को उपदफा १ बमोजिम निर्धारण भएको कर २०८२ असार मशान्तसम्म दाखिला गरे ब्याज तथा जरिवाना छुट हुनेछ । छुट सम्बन्धि व्यवस्थामा भनिएको छ, ‘आयकर ऐन, २०५८ को दफा ५७ को उपदफा (१) बमोजिम स्वामित्व परिवर्तन भई करारोपण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई वक्यौता रहेको भएमा त्यस्तो निकायले संवत् २०८२ साल आषाढ मसान्तसम्ममा निर्धारित कर रकम दाखिल गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनाहा हुनेछ ।’ उल्लेख छ । यो व्यवस्थाले कर तिर्न चाहाने कर दातालाई ठूलो सहयोग पुग्नेछ । किनभने मँहगो ब्याज र जरिवाना छुट हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयकरको ऐनको दफा ५७ निकै संवेदनशिल दफा हो । यो दफा बमोजिम कर निर्धारण भएर अर्बौ रकम बक्यौता रहेको छ । पुर्व अर्थमन्त्री वर्षमान पुनले सो दफाको मुल मर्म नै परिवर्तन गरी नीतिगत भ्रष्टाचारको प्रयास गरेका थिए । तर सो परिवर्तनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल आशिक परिवर्तन गरेका थिए ।

ढुवानी साधनको भाडा बापतको खर्च कट्टी सम्बन्धी आर्थिक ऐन २०८२ ले छुट दिएको छ । ढुवानी सेवा प्रदायक व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको लागि आर्थिक वर्ष २०७८/७९,२०७९/८० र २०८०/८१ मा स्थायी लेखा नम्बर नभएका प्राकृतिक व्यक्तिबाट ढुवानीका साधन भाडामा लिई त्यस्तो भाडा बापतको रकम भुक्तानी गर्दा आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (८) बमोजिम अग्रिम कर कट्टी गरी भुक्तानी गरेकोमा स्थायी लेखा नम्बर उल्लेख गरेको बीजक नभए पनि त्यसरी भुक्तानी गरिएको भाडा बापतको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ । यो व्यवस्थाले भने कर सिद्धान्त विपरित छुटको घोषणा गरेको छ । सरकाले हरेक काम काजमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।  तर यो छुटबाट जथाभावी खर्च कट्टी गर्न पाउने सुविधा थप भएको छ ।

यस्तै,  अवकाश योगदान बापतको रकम हस्तान्तरणमा अग्रिम आयकर कट्टी नगरिने भएको छ । छुट सम्बन्धि व्यवस्थामा भनिएको छ, ‘आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृति प्राप्त अवकाश कोष संवत् २०८३ साल आषाढ मसान्तभित्र कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषद्धारा सञ्चालित अवकाश कोष वा निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषद्धारा सञ्चालित अवकाश कोषमा अनिवार्य रुपमा आवद्ध हुनुपर्नेछ ।’ भनि उल्लेख छ ।

यस्तै, ‘उपदफा (१) बमोजिमको आबद्धताको क्रममा साविकको अवकाश कोषमा योगदान कर्ताले जम्मा गरेको अवकाश योगदान तथा सोमा थप भएको एकमुष्ठ रकम सोही अवधि भित्र सो उपदफा बमोजिमको कोषमा हस्तान्तरण भएमा त्यसरी हस्तान्तरण गरिएको रकम आयकर ऐन २०५८ को दफा ८८ बमोजिम अग्रिम करकट्टी गरिने छैन ।’ भनि उल्लेख छ । अवकाश कोषको रकममा लामो समयदेखि रहदै आएको विवादमा अब दफा ८८ बमोजिम अग्रिम करकट्टी नहुने स्पष्ट पारिएको छ ।

यसैगरी,  सामाजिक संस्थालाई लाग्ने कर जरिवाना, थप दस्तुर शुल्क तथा व्याज मिन्हा गरेको छ । संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको सामुदायिक अस्पताल वा स्वास्थ्य संस्था वा यातायात सम्बद्ध संघ संस्थालाई सम्बन्धित कर कार्यालयबाट संवत् २०८२ साल  जेठ १५ गतेभन्दा अघि मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र  सालवसाली आर्थिक ऐन बमोजिम लाग्ने कर निर्धारण वा संशोधित कर निर्धारण भई वक्यौता रहेकोमा त्यस्तो करदाताले निर्धारण भएको कर संवत् २०८२ साल पुस मसान्तभित्र दाखिल गरेमा बाँकी ब्याज, शुल्क, थप दस्तुर र जरिवाना मिन्हा हुनेछ ।

मूल्य अभिवृद्धि कर (भ्याट)को जरिवाना, थप दस्तुर र ब्याज मिनाहा सम्बन्धी बिशेष व्यवस्था गरेको छ । २०८१ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण, सो विवरण बमोजिमको कर र व्याजको पच्चिस प्रतिशत रकम संवत् २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी व्याज मिनाहा हुने व्यवस्था गरेको छ ।

अन्तःशुल्क करमा पनि जरिवाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको छ ।  अन्तःशुल्क ऐन, २०५८ को दफा १०क. बमोजिम अन्तःशुल्क निर्धारण र असुल गर्नुपर्ने दायित्व भएको इजाजतपत्रवालाले संवत् २०८१ साल चैत्र मसान्तसम्मको आफूले बुझाउनुपर्ने अन्तःशुल्क विवरण, सो विवरण बमोजिम बुझाउनु पर्ने अन्तःशुल्क रकम र विलम्ब शुल्कको पचास प्रतिशतले हुने रकम संवत् २०८२ साल पुस मसान्तसम्ममा बुझाएमा सोमा लाग्ने जरिवाना र बाँकी विलम्ब शुल्क मिनाहा हुने उल्लेख छ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर छुट दिएको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम दर्ता हुन बाँकी रहेको अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक मूल्य अभिवृद्धि करम दर्ता भई संवत् २०८० साल कार्तिक १ गते देखिको कारोबारमा सङ्कलन गर्नु पर्ने वा गरेको मूल्य अभिवृद्धि कर संवत २०८२ साल असोज मसान्तसम्म दाखिल गरेमा सोमा लाग्ने ब्याज, जरिवाना, थप दस्तुर मिनाहा हुने उल्लेख छ ।

आयविवरण पेश नगरेको अबस्थामा कर निर्धारण भएका करदाताहरुलाई छुट दिने व्यवस्था गरेको छ ऽ आय विवरण पेश नगरेका व्यक्तिलाई आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम विगतमा सम्बन्धित कर कार्यालयबाट कुनै आय वर्षको लागि संशोधित कर निर्धारण गरिएकोमा संशोधित कर निर्धारण पश्चात त्यास्तो व्यक्तिले आफुले बुझाउनु पर्ने सो आय वर्षको आय विवरण दाखिल गरी सो अनुसारको कर रकम बुझाईसकेको भए वा आय विवरण बुझाउन बांकी रहेको भएमा समेत संवत् २०८२ साल पुस मसान्तभित्र आय विवरण बुझाई सो अनुसारको कर दाखिल गर्न सक्ने व्यवस्था गरेको छ । यसरी विवरण पेश गर्दा हदम्याद नलाग्ने व्वस्था गरेको छ ।

बीस वर्षभन्दा पुरानो वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक वा निजी सवारी साधनको लगत कट्टा गर्ने प्रयोजनको लागि आर्थिक वर्ष २०८१/८२,२०८२/८३ को आयकर संवत् २०८२ साल पुस समान्तभित्रमा बुझाएमा आर्थिक वर्ष २०८१/८२ भन्दा अघिको आयकर तथा ब्याज मिनाहा हुने व्यवस्था गरेको छ ।

यस्ता आर्थिक ऐन २०८२ का छुटहरु

GBIME

प्रतिक्रिया दिनुहोस्