काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ मा पुगेको हो ।
मंगलबार ३ सय १५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४ सय ७४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३ सय २१ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आज सेयर बजार दोहोरो अंकले घटे पनि केही कम्पनीको सेयर भने बढेको छ । आज १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्