Skip to content
Shikhar Insurance
National Life

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ आजदेखि बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणको लागि आइपीओ आजदेखि निष्कासन गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि आजदेखि निष्कासन गरेको हो। यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि दिन सकिनेछ।

निष्कासन बन्द छिटोमा चैत ३ गते र ढिलोमा चैत १२ गते हुने भनिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्