काठमाडौं । इजरायलले इरान विरुद्ध भिषण आक्रमण सुरु गरेपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुन थालेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै घट्न सुरु भएको पेट्रोलियम पदार्थको मूल्य युद्धले बढ्न थालेको हो ।
नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएको भन्दै मूल्य बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलमा १ रुपैयाँले वृद्धि भई स्थान अनुसार १५६.५० रुपैयाँदेखि १६० रुपैयाँ पुगेको छ ।
मट्टितेल र डिजलमा २ रुपैयाँ वृद्धि भई १४०.५० रुपैयाँदेखि १४५ सम्म पुगेको छ ।
इजरायलले इरानको ग्यास प्लान्ट र पेट्रोलियम रिफाइनरी उद्योगहरुमा भिषण आक्रमणहरु गरिरहेको छ । इरानमा विश्वको चौथो धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश हो । यस्तै, विश्वको सबैभन्दा ठूलो ग्यास उद्योग पनि इरानमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्