काठमाडौं । नेपाल आयल निगम कोशी प्रादेशीक कार्यालय, विराटनगरले अन्तरगत रहेको शाखा कार्यालय, चारआली, झापाले नयाँ कर्मचारी नराखिएको स्पष्ट पारेको छ । विगतमा ज्यालादारी कामदार राखिएपनि अहिले काम कम हुँदै गएको भन्दै पुराना कर्मचारीको स्थानमा नयाँ कर्मचारी नराखेको बताएको हो ।
कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आवश्यकता मूल्याङ्कनको आधारमा ज्यालादारी / अस्थायी श्रमिकहरुलाई विभिन्न कामका लागि कामकाजमा लगाईदै आएकोमा मिति २०८१/१०/०१ देखि कामकाजमा नलगाईएको, कार्यालयमा हाल स्थायी दरबन्दी अनुसार कर्मचारीहरुको पदपूर्ति भएको र सेवा प्रवाह तथा कार्य सम्पादनको सन्दर्भमा हालको कार्यबोझ तुलनात्मक रुपमा कम भएको हुँदा विगतमा दैनिक ज्यालादारीको रुपमा कामकाजमा संलग्न रहेकाहरुलाई हाल तत् कार्यमा खटाई कामकाजमा नलगाईएको र पुराना दैनिक ज्यालादारी कामदारको सट्टा नयाँ कामदार नराखिएको व्यहोरा सम्बन्धीत सम्पूर्ण सरोकारवाला निकायहरुमा स्पष्ट गर्न चाहन्छौं ।’
ज्यालादारी कामदारको नियुक्ति, दैनिक ज्याला तथा पारिश्रमिक भुक्तानीका सम्बन्धमा केन्द्रीय कार्यालयबाट बजेटको बिनियोजन तथा स्वीकृति अत्यावश्यक रहने व्यवस्था रहेको हुँदा हाल सो स्रोतको सुनिश्चितता नभएको कार्यालयले जनाएको छ ।
दैनिक ज्यालादारी श्रमिकहरुको नियुक्ति तथा व्यवस्थापनको निर्णय लिने अधिकार शाखा कार्यालयको अधिकार क्षेत्रभित्र नपर्ने भएको र यसै आधारमा हाल कार्यमा नबोलाईएका श्रमिकहरु समेतको विषयमा निर्णय लिने सम्पूर्ण प्रक्रिया केन्द्रीय कार्यालयको नीति, स्वीकृति तथा स्रोतमा आधारीत रहने भएकाले सो व्यहोरा समेत ध्यानमा राखी बुझिदिन हुन सम्पूर्ण सरोकारवाला पक्षलाई कार्यालयले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्