Skip to content
Shikhar Insurance
National Life

‘एनआरएनलाई व्यक्तिगत रूपमै पुँजी बजारमा लगानी गरेर वर्षमा १० लाख नाफा लैजान दिनुपर्छ’

Hyundai
NCELL
NIMB

काठमाडौं । गैर आवासीय नेपालीहरुलाई नेपालको पुँजी बजारमा लगानीको बाटो खुल्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली, २०८० मार्फत गैर आवासीय नेपालीहरुका बीचमा मात्रै कारोबार हुने गरी विदेशी मुद्राको बण्ड, डिबेञ्चर जारी गर्न पाउने व्यवस्था गरिसकेको छ ।

त्यतिले मात्रै नेपालको पुँजी बजारको विकास नहुने भन्दै नेपाल धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिले एनआरएनहरुलाई दोस्राे बजारमा लगानी गर्न दिनुपर्ने र त्यस्तो लगानी वापत प्राप्त आम्दानीको निश्चित हिस्सा रकम बर्सेनि विदेश लैजान पाउने सुबिधा दिनुपर्ने सुझाव अघि सारेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्ड सञ्चालक समितिका सदस्य सुजन कुमार काफ्ले नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा भनिएको छ–लगानीबाट आर्जित मुनाफा तथा लाभांशको विप्रेषणको हकमा नियामक निकायले तोके बमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर वार्षिक रुपमा १० लाख नेपाली रुपैयाँसम्म फिर्ता लैजान सकिने व्यवस्था गर्नु उपयुक्त हुने ।’ अर्थात एनआरएनहरुले दोस्राे बजारमा लगानी गरी कमाएको नाफाबाट वार्षिक १० लाख रुपैयाँसम्म रकम विदेश लैजान पाउने गरि नीतिगत तथा कानुनी व्यवस्था हुनुपर्ने सिफारिस अध्ययन समितिले गरेको हो ।

यस अघिसम्म एनआरएनहरुलाई पुँजी बजारमा लगानी गर्दा लगानी कोषहरु मार्फत आउनुपर्ने व्यवस्था थियो । अब भने एनआरएनहरुले व्यक्तिगत रुपमै लगानी गर्न पाउनुपर्ने अध्ययनको निष्कर्ष छ ।

समितिले एनआरएनहरुको सुरुको लगानी फिर्ता लैजान चाहेमा सिमा तोक्न नहुने पनि निष्कर्ष निकालेको छ ।‘ गैर आवासीय नेपालीहरुले नेपालको धितोपत्रको दोस्रो बजारको उपकरणमा गरेको सुरुको लगानी रकम फिर्ता लैजान चाहेमा सीमा नलाग्ने व्यवस्था हुनु उपयुक्त हुने ।’ अर्थात् एक जना एनआरएनले सुरुमा एक करोड रुपैयाँ पुँजी बजारमा लगानीका लागि ल्याएको छ भने सो बराबरको रकम फिर्ता लैजाँदा पनि सिमा लागु गर्न नहुने उल्लेख गरेको हो ।

एनआरएनहरुलाई कति रकमसम्म पुँजी बजारमा लगानी गर्न दिने ? भन्ने सीमा भने नेपाल धितोपत्र बोर्डले समय समयमा आफैं निर्धारण गर्न सक्ने सुबिधा दिनुपर्नेमा पनि सुझावमा उल्लेख छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE