Skip to content
Shikhar Insurance
National Life

फुटाएर सकियो ‘एनआरएन एकता महाधिवेशन’ ओलीले बहिष्कार गरे, काँग्रेस–माओवादी एक ठाउँमा

Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौँ घोषणापत्र जारी गर्दै गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । श्रेष्ठलाई काँग्रेस–माओवादी गठबन्धनले एनआरएनको अध्यक्ष बनाएको हो ।

एनआरएनमा बद्रि केसी नेतृत्वमा अर्काे कार्य समिति पनि क्रियाशिल छ । केसी एमाले निकट हुन् भने श्रेष्ठ काँग्रेस कार्यकर्ता हुन् । केसी नेतृत्वको कार्य समितिले एनआरएनको कार्यालय लगायतका संरचना उपयोग गरिरहेको छ । सत्ता गठबन्धनमा रहेका काँग्रेस–एमालेले एनआरएनमा भने फरक रवैया देखाउँदै आएका छन् । एनआरएनमा एमाले एक्लै छ र उसको नेतृत्वमा केन्द्रिय कार्यालय चलाईरहेको कार्य समिति छ । काँग्रेस र माओवादी गठबन्धनले भने सर्वाेच्च अदालतको आदेश बमोजिम गठित उच्चस्तरिय समितिको अगुवाईमा नयाँ कमिटी बनाएको छ ।

एनआरएनको यो महाविधेशनलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बहिष्कार गरे । एकता महाधिवेशन भनिएको यो महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गरेकी थिइन् भने समापन समारोहको प्रमुख अतिथिका रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निम्त्याईएका थिए ।

अर्थात एकता महाधिवेशनले एनआरएनलाई औपचारिक रुपमै विभाजन गरिदिएको छ । र यसले सत्ता गठबन्धनमा पनि चिसो वातावरण श्रृजना गर्ने देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्