काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४९ अंकले घटेर २६६८.३१ को बिन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार ३ सय ५ कम्पनीको ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड १६ लाख रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ३ सय ४४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्