Shikhar Insurance
National Life

बैंक तथा वित्तीय संस्थाले खरिद गरेको कर्जालाई तोकिएको क्षेत्रमा गणना गर्न पाउने

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १३, मंगलवार १८:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले खरिद गरेको कर्जालाई तोकिएकाे क्षेत्रको कर्जामा गणना गर्न पाउने व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले आज (मंगलबार) सो व्यवस्था ल्याएको हो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद/बिक्री गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका अनुसार सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद/बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने छैन ।

कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख गर्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउने केन्द्रीय बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्