Skip to content
Shikhar Insurance
National Life

बत्ती नजाँदै गयो भनेर आतंक फैल्याउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनूस्, दण्डित गरिन्छ: मन्त्री खड्का

Hyundai
NCELL
NIMB

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसारको विद्युत आपूर्ति गरिरहेको बताएका छन् ।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

उनले विद्युत जानु नेपालमा विद्युत कम भएर नभइ विपद्जन्य घटनाले पारेको अवरोध रहेको बताए । उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत पाओस् भन्ने चाहनाअनुसार काम गरिरहेको बताउँदै कृत्रिम कुराहरु प्रचार प्रसार गरेर बत्ती छैन भन्ने भ्रम फैल्याइएको बताए ।

मन्त्री खड्काले नेपालले अहिले विद्युत आयात गर्न नपरेको भन्दै नेपालकै विद्युत बढी भइरहेको बताए । उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।

मन्त्री खड्काले भने, ‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन । हामी के चाहन्छौँ भने सुरक्षित र भरपर्दो विद्युत उपभोक्ताले प्राप्त गर्न सकुन् भन्ने चाहन्छौँ । बाहिर बजारमा हल्ला गरिएको जस्तो विषय होइन । हावाहुरी, चट्याङका कारण कतै अवरुद्ध हुन पुग्ने र त्यसका कारण बत्ती रोकिने विषय हो । त्यसो भएको कारणले यो गत वर्ष पनि थियो, अघिल्लो वर्ष पनि थियो । भोलि पनि हवाहुरी आएको बेलामा जुन मान्छेको काबु बाहिर हुँदा यस्ता घटना हुने गर्दछन् । त्यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न गरिरहनुभएको छ । कृत्रिम कुराहरु प्रचार प्रसार गरिएको पाइन्छ । त्यस्तो अवस्था होइन । हामीले अहिले आयात गरेका छैनौँ । हाम्रो विद्युत बढी भइरहेको छ । आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ । उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु हिजो भन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ । हल्लाका पछि नलाग्नु होला ।’

मन्त्री खड्काले विद्युत नगएको समयमा पनि बत्ती गयो भनेर आतंक फैल्याउनेहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिए । नो लाइट शाखामा विद्युत आपूर्ति भइरहेको भएपनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा बत्ती रहेको पाइएको बताए । आतंक फैल्याउने र दु:ख दिने हिसावले टेलिफोन गर्नेहरुको नम्बर नोट गरेर प्रहरीलाई दिन आग्रह गरे ।

उनले भने, ‘धेरैजसो अझै पनि फेक कलहरु आइरहेको कुरा गर्नुभएको छ । २४ सै घण्टा टेलिफोन उठाउने र २४ सै घण्टा अवरुद्ध भएको ठाउँमा सप्लाइ पनि दिने । उहाँहरु ट्याली पनि गर्नुहुँदो रहेछ । म कहाँ बत्ती आयो, भनेर जसले भन्नुहुन्छ, यो एरियामा गयो भन्नुहुन्छ, उहाँहरुले क्रस चेक गर्नुहुँदो रहेछ । क्रस चेक गर्दा बत्ती नगएको पाइयो भन्नुभएको छ । कुनै कुनै कारणले र्‍युमर गरिरहेको हो भने र्‍युमर नगरिदिनु हुन आग्रह गर्न चाहन्छु । त्यस्ता टेलिफोन नम्बर नोट गरेर पुलिस कहाँ दिनुहोला । र्‍युमर गर्ने, आतंक फैल्याउने हिसावले काम गर्नेलाई दण्डित पनि गरिन्छ ।’

मन्त्री खड्काले आवश्यकताका आधारमा बजारको मूल्य निर्धारित हुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्