काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले निष्कासन गर्ने लागेको आइपीओमा बिक्री प्रबन्धकको काम माछापुच्छ्रे् क्यापिटलले गर्ने भएको हो ।
नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक सेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्न आज जेठ २३ गते सम्झौता पत्रमा हस्ताक्षर गरीएको छ । नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८ लाख ४० हजार कित्ताको प्रति सेयर अंकित मुल्य १०० का दरले हुन आउने रकम ३८ करोड ४० लाख बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे्र क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।
सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे्र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्रि प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्