काठमाडौं । चालु आर्थिक वर्ष ०८१/०८२ को वैशाखमसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज ( जेठ १४) गते सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको वैशाखमसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
वैशाखमसान्तसम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सो अवधिमा ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख रुपैयाँ कमाएको छ ।
एनएलजी इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ भने दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड ६८ लाख रुपैयाँ कमाएको छ ।
वैशाखमसान्तसम्ममा युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ९ करोड २६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १० महिनामा २ अर्ब ९ करोड ६३ लाख रुपैयाँ आर्जन गर्दा नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८४ रुपैयाँ आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले वैशाख मसान्तसम्ममा १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सको ९२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क गरेको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्