Skip to content
Shikhar Insurance
National Life

बैंक रिकभरीमा स्थानिय तहबाट सहयोग पाइएन : अध्यक्ष कोइराला

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक लोन रिकभरीमा समस्या बढेको नेपाल बैंकर एशोसिएसन (एनबिए) का अध्यक्ष सन्तोष कोइरालाले बताएका छन। एनबिएले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले बैंकको खराब कर्जा बढ्दै जाँदा रिकभरीमा स्थानिय तहले सहयोग नगरेको बताएका हुन ।

उनले भने, ‘बैंकले लोन नउठेपछी लिलामी प्रक्रियामा लैजान्छ । तर स्थानिय तहले घर बाटो सिफारिस दिन ढिलाइ गरिरहेका छ्न । उहाहरुको पनि आफ्नो लिमिटेसन होला तर यसले बैंक रिकभरीमा असर परिरहेको छ ।’

अध्यक्ष कोईरालाका अनुसार रिकभरीमा जादा बैंकका कर्मचारीहरु असुरक्षित हुने अवस्था आएको छ । बैंकरको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष कोइरालाले बताए ।

बैंकहरूले सोमबार दोस्रो त्रैमासको रिपोर्ट सार्वजनीक गरिसकेको छ । रिपोर्ट अनुसार धेरै बैकको खराव कर्जा बढ्दो क्रममा छ । वाणिाज्य बैंकको खराब कर्जा अनुपात नै ४.५ प्रतिशत भन्दा माथी पुगिसकेको छ ।

बैंकहरुको वितरणयोग्य नाफाको अनुपात श्रणात्मक हुन पुगेको छ । नेपाली बैकिङ्ग क्षेत्र बलियो रहेकोले सकारात्मक पक्षलाई हेर्नुपर्ने एनबिएका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्