Skip to content
Shikhar Insurance
National Life

बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएन: पूर्वअर्थमन्त्री पुन

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ँआर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताउँदै वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गरे ।

उनले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राखे । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहनुभएका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाए ।

उनले भने, ँअहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठुलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकार हो । दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौ, राजनीतिक अस्थिरता देखिएको छ यसलाई स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो । यो पृष्ठभूमिमा आएको यो बजेट हो । यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ । सरकार बलियो, बजेट कमजोर । बजेटलाई हेर्दा एजेण्डाहरूलाई नारासहित विषयमा केन्द्रित गरेर, बजेटलाई प्याकेजिङ गरेर, ब्रान्डिङ गरेर एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको हो, त्यहाँ फोकस हुन्थ्यो । एकातिर अर्थमन्त्री ज्यूको मिहिनेत देखिएन र साथसाथै, दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत जति हुनुपथ्र्यो त्यो पनि भएन ।”

आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्