Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो जेठ २९ गते साधारण सभा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा जेठ २९ गते आम्रपाली ब्याङ्केट बालुवाटारमा बिहान ११ बजेदेखि आव्हान गरेको हो ।

सभामा गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्नेछ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव पारित गर्नेछन् ।

साथै, सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार जेठ २१ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्