Shikhar Insurance
National Life

एनआईसी एशिया लघुवित्तले बोलायो चैत ८ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १२, सोमबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा चैत ८ गते गोर्खा होटल सुनसरीमा बिहान ९ बजेदेखि आव्हान गरेको हो ।

कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांशहरुको प्रस्ताव राखेको छैन । सभामा सेयर संरचना परिमार्जन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।

सभामा चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव गर्ने ।

साथै, साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार फागुन २७ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्