Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको खुद नाफा साढे १५ करोड, यस्ता छन् अन्य सूचक

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको ९ महिनामा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब १९ करोड २२ लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ ।

बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी, बैंकको ईपीएस १.४० रुपैयाँ, पीई रेसियो २६६.६४, प्रतिसेयर नेटवर्थ १९९.३० रुपैयाँ, एनपीएल १.९२ प्रतिशत, सीडी रेसियो ८३.४७ र बेस रेट ७.२० रहेको विवरणमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्