Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड बढी, इपिएस कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार ०८:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार पुष मसान्तसम्ममा १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफाआर्जन गर्ने सफल भएको छ । गत आव सो अवधिमा बैकले १ अर्ब ९० करोड ३८ लाख बढी नाफा कमाएको थियो ।

पुष मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ रहेको छ ।  पुष मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने  सञ्चालन मुनाफा ३४ करोड १९ लाख रुपैयाँ  छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको चुक्ता पूँजी १४ करोड ९१ लाख १७ हजार ७५ हजार रहेको छ भने जगेडा कोष १७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप संकलन ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा लगानी २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

पुष मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात १८५.११ प्रतिशत छ रहेको भने  सो अवधिमा कम्पनीको खराब कर्जा १.४७ प्रतिशत पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्