Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २२, बिहीबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्र्ने प्रस्ताव समेत पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति सेयर १०० का दरले ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्