काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत २०८२ सालको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०८२ ले ग्राहकहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ बैंकले सरल तथा सहज सुविधाको लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।
डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।
जसका लागि बैंकले आफ्नो वेबसाइट (https://www.nicasiabank.com/e-calendar/) मार्फत सजिलै डाउनलोड गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्