Skip to content
Shikhar Insurance
National Life

५ अर्बको अग्राधिकार सेयर जारी गर्दै एनआईसी एशिया बैंक, साधारण सभा आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ५ अर्ब रुपैयाँको एआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो ।

अग्राधिकार सेयर प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने गरी २७औँ वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ, जारी तथा चुक्ता पुँजी पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँलाई वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याइने प्रस्ताव पारित गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुन: नियुक्त गरी पारिश्रमिक तोक्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्