Skip to content
Shikhar Insurance
National Life

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न, कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गर्ने निर्णय पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा बैशाख २२ गते सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा काठमाडौंको मैतिदेवीमा सम्पन्न भएको हो ।

​सभामा प्रवन्ध सञ्चालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिंङ्ग सम्पत्ति तिब्र गतिमा बृद्धि भर्रइरहेको तथा सो को न्यूनिकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा बिगतको मौद्रिक निति र हालै सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा आइसकेको जानकारी गराए ।

सम्पत्ती व्यवस्थापनको मूख्य कार्य गर्ने गरी स्थापना भएको नेक्सजेन म्यानेजमेन्टले पनि सोही अनुरूप पूँजी बृद्धि गर्नु पर्ने तथा बैक बित्तीय संस्था, बीमा कम्पनी र अन्य संस्थालाई समावेश गरी कार्य गर्न पब्लिक लिमिटेड कम्पनी बनाउनु पर्ने आवश्यकता रहेको सभालाई अवगत गराए ।

त्यस्तै, सभाले नेक्सजेनको अधिकृत पूँजी एक अर्व, तत्काल जारी पूँजी ५० करोड र कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने गरी प्रवन्धपत्र नियमावलिमा संसोधन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

​नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्कृय कर्जा नियमित गर्न, पून संचालन गर्न तथा विक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ । यो कम्पनी पूर्व बैंकरहरू समेतको लगानिमा खुलेको संस्था हो ।

सभाको अन्त्यमा अध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्कृय कर्जा व्यवस्थापन गरी बैंक, वित्तिय संस्थालाई सहज पारेको जनाए । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी संचालनको समय आएको र यस्मा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भुमिका खेल्नुपर्ने उनले उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्