काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तीमा नयाँ ट्वीष्ट आएको छ । सरकारले रातारात संसोधन गरेको मापदण्डले गभर्नरको रेसमा रहेका सबै योग्य उम्मेदवारहरुलाई अयोग्य बनाईदिएको छ । र ६५ वर्ष नाघेका बुढापाकाहरुलाई गभर्नर बन्ने बाटो खुला गरिदिएको छ ।
अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ अहिले संसोधनसहित सार्वजनिक भएको छ । मापदण्डको दफा ३ मा नियुक्तिका लागि योग्यता सम्बन्धि व्यवस्था गरेको छ । पहिलेको मापदण्डमा दफा तीनमा नियुक्तिको योग्यतामा (क), (ख), (ग) राखिएको थियो । अहिले सो मापदण्डको (ग) हटाइएको छ । पहिलेको मापदण्ड ग मा ‘कार्यकारी प्रमुखको हकमा तीस वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यको
हकमा पैतीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको।’ उल्लेख छ । अहिले सो व्यवस्था हटाएको छ ।

गभर्नर नियुक्तीको मुखैमा आएपछि सरकारले रातारात मापदण्ड नै संसोधन गरेको छ र अब ६५ वर्ष नाघेकाहरु यो रेसका बलिया घोडाका रुपमा सामन्ने आएका छन् ।
यस अघि गभर्नरको रेसमा शक्तिशाली ठानिएका निलम ढुंगाना, डा. प्रकाश कुमार श्रेष्ठ, डा. गुणाकर भट्ट, अशोक शेरचनहरु अब भने रेस आउट नै भएको बताइन्छ । अब यो रेसमा ६५ नाघेका पेन्सनरहरु बलशाली भएर उभिएका छन् । नेपाल सरकारको जागिर खाएर कम्तिमा पनि ३० वर्ष सेवा गरेका पेन्सनरहरु राजेन्द्र किशोर क्षेत्री, रामेश्वर खनाल र रबिन्द्र पाण्डेहरु शसक्त दावेदारीसहित उपस्थित भएका छन् । ज्ञात रहोस् यी दुबै जना पूर्व प्रशासकहरु नेपाल सरकारका पेन्सनर हुन् र उमेरले ६५ नाघेका ।

गभर्नर नियुक्तिको मुखैमा अर्थ मन्त्रालयले संसोधनसहित मापदणड आउनु र गभर्नर बन्ने उमेर सम्बन्धी व्यवस्था संसोधन हुनुलाई ‘कोइ मरेको मात्रै नभएर काल पल्केकै’रुपमा लिनुपर्छ । अहिले ‘चिल कराउनु र चल्ला हराउनु’ एकै पटक भएको छ, जुन केबल संयोग मात्रै नहोला ।
हुन त राष्ट्र बैंक ऐनमा गभर्नर नियुक्तीका लागि उमेरको अधिकतम सिमा तोकिएको छैन् । गभर्नरका लागि आवश्यक योग्यताहरु तोकिएका छन् तर राष्ट्र बैंक ऐन गभर्नरको उमेरमा भने मौन छ । तर सरकारले अर्थ मन्त्रालय सम्बन्ध सार्वजनिक निकायका पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड नै संसोधन गरेर उमेर सम्बन्धी व्यवस्था नै संसोधन गरेपछि गभर्नर बन्ने दौडमा रहेका ६५ कम उमेरका प्रतिष्पर्धीहरुको ओठ तालु नै सुकेको छ ।
यस्तो छ संशोधित मापदण्ड
प्रतिक्रिया दिनुहोस्