Skip to content
Shikhar Insurance
National Life

घरजग्गा कारोबारमा थपियो नयाँ व्यवस्था: अब किन्ने र बेच्ने दुबैले अनिवार्य केवाइसी फाराम भर्नुपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्रीमा नयाँ व्यवस्था थप गरेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन, २०८२’ अनुसार अब घरजग्गा किन्ने र बेच्ने दुबैले अनिवार्य केवाइसी फाराम भर्नुपर्ने नयाँ व्यवस्था ल्याएको हो ।

उक्त फारम भरी लिखत साथ सिष्टममा अपलोड गर्नुपर्ने विभागले जनाएको छ । त्यस्ता फाराम भूसेवा केन्द सामू भएका कार्यालयमा भूसेवा केन्द्रले र भुसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा अपलोड गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी सूर्य प्रसाद कोइरालाका अनुसार भूमि कारोबारमा आउने पैसा ह्वाइट मनि (white money) हो या ब्ल्याक मनि (black money)  हो भन्ने परिक्षण गर्न यो व्यवस्था जारी गरिएको हो ।

घर जग्गा कारोबारमा आएको black mone लाई निवारण गर्ने र व्यवस्थित गर्ने उद्देश्यले जारी गरिएको यस निर्देशनले नेपाललाई ग्रे लिष्टबाट निकाल्न समेत महत्त्वपूर्ण योगदान गर्ने उनले बताए ।

यस्ता छन् घरजग्गा खरिदबिक्री सम्बन्धी नयाँ व्यवस्था:

केवाइसी फाराम भर्नुपर्ने: सूचक संस्थाले घर जग्गा खरिद विक्रीको कारोबार गर्दा केता तथा विक्रेता दुवैको फाराम भर्न लगाई लिखत साथ सिष्टममा अपलोड गर्नुपर्नेछ । त्यस्ता फाराम भूसेवा केन्द सामू भएका कार्यालयमा भूसेवा केन्द्रले र भुसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा अपलोड गर्नुपर्नेछ ।

भूसेवा केन्द्रले केवाइसी फाराम भरी पेश गर्नुपर्ने: नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा सख्या र पुराना भूनेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची( ३ बमोजिम र सो का सञ्चालकको अनुमती-२ बोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले मुरक्षित राख्नुपर्नेछ।

बैंकिङ्ग प्रणालीमार्फत कारोबार गर्नुपर्ने: घर जग्गा खरिद बिकीको कारोबार गर्दा दश लाख रुपैयाँदेखि माथि पचास लाख रुपैयाँसम्मकोे कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। तर पचास लाख रुपैयाँ भन्दा बढीको रकमको करोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट मार्फत गर्नुपर्नेछ।

बैंक विवरण संलग्न गर्नुपर्ने: घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक गरीवार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ।

राजश्व खातामा जम्मा गर्नुपर्ने: बैंक मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाख भन्दा बढीको घर जग्गा खरिद विक्रीको कारोवार गर्दा लाग्ने रजिष्ट्रेशन बापतको शुल्क र दस्तुर खरिदकर्ताकी खाताबाट र लाभकर बापतको राजश्व विक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्च खातामा जम्मा गर्नुपर्नेछ।

बैनाबट्टाको कागजमा खुलाउनुपर्ने: घर जग्गा खरिद विक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको वैनाबट्टाको कागज पेश गरेमा दश लाख रुपैया भन्दा बढीको वैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरग चैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ।

कारोबारको बिबरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने: घर जग्गाको खरिद विक्री गर्ने खरिदकर्ता था विक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी रु तीन करोड़ वा सो भन्दा बढी रकमको घरजग्गा सुरिव वा विक्री गर्दा कार्यालयले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

शङ्कास्पद कारोवारको विवरण पठाउनु पर्ने: घर जग्गा खरिद वा विक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

प्राकृतिक व्यक्ति र कानुनी व्यक्तिलाई जनाउने: यस निर्देशनमा उल्लेख भएको घर जग्गा खरिद विकीको कारोवार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुबैलाई जनाउँछ।

निर्देशनको पालना गर्ने दायित्व: यस निर्देशनकी पालना गर्ने दायित्व घर जग्गा खरिद र विक्रीकर्ता, सूचक संस्था र कार्यालयको हुनेछ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले यस निर्देशनको पालना भए नभएको अनुगमन गरी निर्देशन विपरीत भएको पाइएमा ऐन र नियमावली बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्