काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुन प्रतितोला ११ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । सुन अघिल्लो दिन १ लाख ७६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्