काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु वर्षका लागि अन्तिम समिक्षा गरेको हो ।
समिक्षाबाट सेयर धितोकर्जामा जोखिम भार घटाएको छ । समिक्षामा ‘विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ’, भनि उल्लेख छ । अहिले संस्थागत लगानीकर्तालाई कर्जामा सिमा नभए पनि व्यक्तिग तर्फ २० करोडको सिमा छ । घटेको जोखिमभारले संस्थागत र व्यक्तिगत दुबैलाई काम गर्नेछ ।
जसले बैंक तथा वित्तिय संस्थामा थुप्रिएको पैसा सेयर बजारमा जाने अनुमान गरेको छ ।
अन्य नीतिगत व्यवस्थामा आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । नीतिगत दरलाई विद्यमान ५० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्ने उल्लेख छ ।
बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्