Skip to content
Shikhar Insurance
National Life

बैशाखमा खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा, भ्रमण आय ८.६ प्रतिशतले बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । समीक्षा अवधिमा खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.५० अर्ब ३१ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई रु.७५ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६९ अर्ब ७३ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १७.९ प्रतिशतले वृद्धि भई रु.१८५ अर्ब ३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.११२ अर्ब ४४ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.१०४ अर्ब २५ करोड रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्