काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको बैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा जेठ ५ गते धुलिखेलको होटल सारथीमा बस्ने गरी निर्णय गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक बर्ष २०८०/०८१ को नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।
सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन सहित मिति २०८० फागुन २९ गतेको वासलात, मिति २०८० श्रावण ०१ गते देखी मिति २०८० फागुन २९ गते सम्मको नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।
सभाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिको शिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र बिजको पारिश्रमिक तोक्नेछ ।
सभा प्रयोजनका लागि बैशाख २१ गते एक दिन बुक क्लोज रहनेछ । बैशाख २० गतेसम्म नेप्से कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागि हुन पाउने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्