काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साढे ३ लाख बढी कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । संस्थाले संस्थापक समूहको ३ लाख ५६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो ।
संस्थाले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुन: बिक्रीमा राखिएको हो ।
इच्छुक व्यक्ति तथा संस्थाले सेयर खरिदका लागि यो सूचना प्रकाशन भएको ३५ दिनभित्र निवेदन पेस गर्नु पर्ने संस्थाले जनाएको छ । निवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्