Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो ।

प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस सेयरको आधारमा समायोजन भएको हो । कम्पनीको समायोजन अघि सेयर मूल्य ५ सय ५३.५९ रुपैयाँ रहेको छ भने समायोजन पछि कम्पनीको सेयर मूल्य ५१२.५८ रुपैयाँ रहेको छ ।

साथै, एशियन लाइफ इन्स्योरेन्सको ४२ प्रतिशत हकप्रद सेयरको लागि नेप्सेमा समायोजन भएको हो । कम्पनीको समायोजन अघि कम्पनीको सेयर मूल्य ६९६.४४ रहेको छ भने समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय २० रुपैयाँ ३ पैसा रहेको छ ।

अब कम्पनीको सेयर कारोबार दोस्रो बजारमा आइतबार जेठ १८ गते आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्