काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेका नेशनल लाइफ इन्योरेन्स, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।
नेशनल लाइफ इन्योरेन्सको ५ प्रतिशतको आधारमा कम्पनीकाो समायोजन अघि कम्पनीको सेयर मूल्य ६२८.३६ रुपैयाँ रहेको थियो । कम्पनीको सेयर मूल्य समायोजन पछि ५ सय ९८ रुपैयाँ ४४ पैसा रहेको छ ।
एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोनस सेयरको आधारमा समायोजन भएको छ । कम्पनीको सेयर मूल्य समायोजन अघि ७ सय ६० रुपैयाँ २ पैसा रहेको छ भने समायोजन पछि कम्पनीको सेयर मूल्य ७ सय ४१ रुपैयाँ ४८ रुपैयाँ रहेको छ ।
साथै, बरुण हाइड्रोपाबरले शत प्रतिशत हकप्रद सेयरको आधारमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन अघि कम्पनीको सेयर मूल्य ४ सय ८० रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य २ सय ९० रुपैयाँ रहेको छ ।
अब यी कम्पनीहरुको सेयर मूल्य दोस्रो बजारमा जेठ २३ गतेदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्