काठमाडौं । वि.स २०८२ सालको पहिलो कारोबरा दिन अर्थात् वैशाख २ गते सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१४ अंकले बढेर २६८९.२२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर २ अर्ब १ करोड २९ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय २९ रुपैयाँ ७० पैसा पुगेको छ ।
मंगलबार २१२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्