काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेष्डो समृद्ध लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
मंगलबार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर वापतको ३ लाख ६३ हजार ३ सय ७५ कित्ता सेयर सूचीकृत भएको छ ।
साथै, अब दोस्रो बजारमा भोलि अर्थात जेठ २० गते कारोबारमा आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्