काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नप्से) ले भोलि देखि नयाँ नियम लागु गर्ने भएको छ । नेप्सेको चैत ५ गते बसेको सञ्चालक समितिको बैंठकबाट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनीयमावली (चौंथो संशोधन) २०८१ लाई भोलि चैत ७ गतेदेखि कार्यान्वयन गर्ने निर्णय भएको हो ।
नयाँ प्रणालीअनुसार नियमित कारोबार सत्रको अन्तिम १५ मिनेट अर्थात् अपराह्न २:४५ देखि ३:०० बजेसम्म कायम भएको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा लिइने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा कायम गर्ने जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्