Shikhar Insurance
National Life

बिचौलिया हाबी हुँदा नेप्सेको सिईओमा आकर्षण देखिएन, ‘योग्यतामै खोट’

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २१, बुधबार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । राजनीतिक नियुक्तिहरुमा पछिल्लो समय बिचौलियाहरुले कब्जा जमाएपछि प्रतिस्पर्धा छायाँमा पर्न थालेको छ । विभिन्न सार्वजनिक संस्थान तथा निकायहरुमा बिचौलियाहरुले पहिले नै उम्मेदवार तय गरेर पठाउन थालेपछि आवेदन दिने व्यक्तिहरुको संख्या नै घट्न थालेको हो ।

पछिल्लो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) छनोट प्रकृया नै प्रभावित बनेको छ । बिचौलियाहरुले पहिले नै उम्मेदवार तय गरेको हल्ला मच्चिएपछि इच्छुक आवेदकहरु रोकिएका छन् । अर्थ मन्त्रालयले (नेप्से) को सिईओ छनोट गर्न  तीन सदस्यीय समिति गठन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेका समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् । सो समितिले फागुन १२ गते सूचना प्रकाशित गर्दै एक हप्तामा इच्छुक आवेदकहरुबाट आवेदन माग गर्यो । सूचनाको अन्तिम दिन १८ गते एक जनाको मात्रै आवेदन परेको छ । थप गरिएको समयमा पनि बुधबार (फागुन २१ गते) सम्म कुनै आवेदन परको छैन।

१८ गते १ जनाको मात्रै आवेदन परेपछि समितिले फागुन २५ गते सम्मका लागि म्याद थप गरेको छ । सरकारी बिदा नै तीन दिन परेकोले म्याद थप्नु परेको छनोट समितिका एक सदस्यले बताए ।

एक जना आकांक्षीले सिंहदरबारसँग भने, “बिचौलियाहरुले कस्लाई नियुक्ति दिने भन्ने विषयमा पहिले नै उम्मेदवार तयार गरेर बसिसकेका छन्, सहभागिता जनाउन मात्रै किन आवेदन दिनु? पछिल्लो समयको नियुक्तिमा क्षमतावान व्यक्तिहरुको बिचौलियाहरुले मान-मर्दन गर्ने गरेका छन् ।”

बिचौलियाले सिफारिस गरेपछि फरक नहुने ती आकांक्षीको भनाई छ ।

नेप्से सिइओको योग्यतामा प्रश्न

नेप्से सिइओ छनोट गर्न प्रकाशित भएको सुचनामा धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम १६(क) योग्यता माग गरिएको छ । तर सोहि नियमावलीको नियम २१ मा संचालनमा रहेको धितोपत्र बजारका लागि लागू नहुने व्यवस्थामा, ‘यस नियमावलीको अन्यत्र जे सुकै लेखिएको भएता पनि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नेपाल औद्योगिक निगमले ग्रहण गरेको नेपाल धितोपत्र विनियम बजारको शेयर बिक्री नगरेसम्म संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धमा यस नियमावलीको व्यवस्था लागू हुने छैन’ भनि उल्लेख गरिएको छ ।

जसअनुसार १६ (क) को योग्याता नै लागू नहुने तर्क हुने गरेको छ । सिइओ छनौटमा बिचौलियाहरुले तथाभावी कानुन परिमार्जन गर्दा अहिलेको योग्याता नै लागू नहुने एक आकांक्षीले बताए । ती आकाक्षीले भने, “नियम १६ (क) लाई नियम २१ ले स्पष्ट रुपमा काटेको छ, तर सूचनामा नियम १६  (क) बमोजिम नै योग्यता माग गरिएको छ, यसले नेप्सेको सिइओमा बिचौलियाको मान्छे ल्याउन स्पष्ट रुपमा बाटो खुला गरेको छ ।”

नेप्सेको सिइओको योग्यता १६ (क) को विकल्प नभएको छनोट समितिका संयोजक सेवन्तक पोख्रेल बताउँछन् । संयोजक पोख्रेलले भने, “नियम २१ ले सिइयो छनोटको अधिकार संचालक समितिमा निहित नरहने व्यवस्थालाई काटेको हो, सिइओको योग्यता १६(क) को विकल्प छैन, हामीले सम्पुर्ण कानुनी प्रकृया पुरा गरेर मात्रै सिइओ छनोट प्रकृया अघि बढाएका हौं ।”

नेप्से जस्तै नयाँ स्टक एक्सचेन्जको अनुमति पत्र दिन धितोपत्र बोर्डले अन्तिम तयारी गरिरहेको छ । नयँ स्टक एक्चेन्ज आएपछि नेप्सेको व्यापार खोसेर नयाँलाई दिनुपर्नेछ । स्रोतका अनुसार नेप्सेलाई कमजोर पार्नेगरी बिचौलियाहरुले व्यक्ति तयार गरिरहेका छन् ।

बोर्ड अध्यक्ष नियुक्तिमा बिचौलिया आतंक

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि १९ जनाले आवेदन पेश गरेका थिए । तर छनौट समितिका संयोजक प्राडा शिवराज अधिकारीलाई बिचौलियाहरुले उत्कृष्ट पाँच जनामा को-कस्लाई पार्ने भनेर नाम सूचि पेश गरेका थिए । सोहि बमोजिम छनौट समितले काम गरेको थियो ।

बिचौलियाको नाम लिष्ट अनुसार नै पाँच जनाको नाम सार्वजनिक भएपछि उत्कृष्ट पाँच जनामा परेका केहि व्यक्तिहरुले अन्तर्वार्ता नै दिन अस्वीकार गरेका थिए । स्रोतका अनुसार बिचौलियाहरुले बोर्ड अध्यक्षका लागि सन्तोषनाराण श्रेष्ठको नाम अघि सारेका थिए । छनौट प्रकृयामा नै सबैभन्दा धेरै नम्बर दिन लगाएर श्रेष्ठलाई अघि बढाएको थियो ।

छनौट प्रकृयामा सहभागी एक सदस्यले भने, “व्यवसायिक कार्ययोजनाको मूल्यांकन उत्कृष्टको हिसाबले दिन सकिदैन, क-कस्लाई अघि बढाउने भन्ने विषयमा पहिले नै नाम सूचि आउँछ ।” यस्तै, बीमा प्राधिकणमा पनि बिचौलियाहरु हाबी हुदाँ १२ जनाको मात्रै आवेदन परेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्