Skip to content
Shikhar Insurance
National Life

भारतले भन्सार बढाउँदा नेपाली तेल व्यापारी मालामाल, ३९ अर्बको तेल निर्यात पाम  ठप्प

Hyundai
NCELL
NIMB

काठमाडौं । सोयाबिन सनफ्लावर र पाम तेलमा भारतले भन्सार बढाइदिदाँ नेपाली व्यापारीहरु मालामाल भएका छन् । प्रतिलिटरमै राम्रो मुनाफा बस्ने भएपछि नेपाली व्यापारीहरु मालामाल भएका हुन् ।

चालु वर्षको ७ महिनामा ३९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ सोयाबिन, सनफ्लावर र भटमासको तेल भारत निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको ७ महिनामा सोयाबिन तेल ३२ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो १५ करोड ८१ लाख ३८ हजार ४११ किलो बराबरको परिमाण हो ।

यस्तै, सनफ्लावर तेल २ करोड ७५ लाख ८९ हजार ३३५ लिटर अर्थात ६ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको निर्यात भएको छ । यो अवधिमा पाम तेल निर्यात भने घटेको छ । भन्सार विभागले पाम तेल क्रुड नभएर तयारी तेल नै भएको स्पष्ट गरेपछि निर्यात घटेको हो । पाम तेल ३७ करोड ६३ लाख ५६ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।

भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो । कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालामा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो ।

 किन बन्द भयो पाम तेल आयात बन्द  ?

क्रुड पामोलिन भन्सार उपशिर्षक १५१११०.०० बाट आयात हुँदै आएको छ । यो शिर्षकबाट आयात हुदाँ १० प्रतिशत भन्सार महसुल तिर्नु पर्छ । तयारी पाम तेल १५१११०.०० बाट  जाँचपास हुँदै आएको छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ ।

तर पामोलिनमा व्यवसायी र भन्सारबिच पाम तेल क्रुड र तयारी विवाद बढ्दै गएपछि विषय अदालतसम्म पुगेको छ । सबैभन्दा पहिले विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन शंकास्पद भएको भन्दै परिक्षणका लागि भन्सार विभाग पठायो । भन्सार विभागको प्रयोगशालाले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिन तयारी भएको रिपोर्ट दियो ।

सो रिपोर्टको आधारमा विराटनगर भन्सार कार्यालयले जनकरपुर रिफाइनरीजले क्रुड भनेको पामोलिनलाई तयारी अर्थात भन्सार उपशिर्षक १५११९०.२० मा वर्गिकरण गर्यो । सो वर्गिकरणमा असहमति जनाउँदै कम्पनी उच्च अदालत पाटनमा पुग्यो । उच्च अदालतले धरौटीमा छाड्न भनेपनि तेल व्यापारीको चरम लापारबाहिका कारण भन्सार विभाग अदालतको आदेश विरुद्ध भ्याकेटमा गएको छ ।

विराटनगर भन्सारबाट फैलिएको यो विषय अहिले मेची भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय लगायतमा पुगिसकेको छ ।

विराटनगरले जस्तै अन्य भन्सार कार्यालयले पनि पामोलिन परिक्षण गर्न विभाग पठाएका छन् । विभाग पठाएको पामोलिन धमाधम तयारी भएको रिपोर्ट आइरहेको छ । क्रुड भनेर ल्याएको पामोलिन तयारी भएको खुलेपछि व्यवसायीहरु मुद्दामा गैरहेका छन् ।

पामोलिन आयातमा क्रुड/तयारी विवाद, निर्यात नै बन्द हुने जोखिम

जनकपुर रिफाइनरिजले गर्यो उच्च अदालत पाटनको दुरुपयोग, नक्कली प्रज्ञापन पत्र लिएर अग्रिम आदेश लिन खोजेपछि..

जनकपुर रिफाइनरिजको पामोलिन ऐन विपरित बैंक ग्यारेन्टीमै किन छाडिदिए तत्कालिन भन्सार प्रमुख रेग्मीले

 

GBIME

प्रतिक्रिया दिनुहोस्