Skip to content
Shikhar Insurance
National Life

नेपाली काँग्रेसका सासंद विष्णु कुमार कार्की ऋण नतिरेपछि कालो सूचिमा, घरजग्गा नै लिलामीमा चढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सासंद विष्णु कुमार कार्की कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका छन् । कुमारी बैंक लिमिटेडको ऋण नतिरेपछि सासंद कार्की कालो सूचिमा परेका हुन् ।

केन्द्रले २०८० पुस २० गते नै सूचना प्रकाशित गरेर कालो सूचिमा नाम समावेश  गरेको हो । केन्द्रले कालो सूचिमा समावेश गरेपछि सासंद पदमा रहिरहन उनिमाथी नैतिक प्रश्न खडा भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यता सम्बन्धि व्यवस्था छ । सो दफाको (ज) मा ‘प्रचलित कानून बमोजिम कालो सूचीमा रहेकोमा सो अवधिभर’ भन्ने वाक्य राखिएको छ । यो वाक्यले सासंद कार्कीको पदलाई नैतिक संकट सृजना गरेको छ ।

यद्यपी सो ऐनले कालो सूचिमा पर्दा चुनाव उठ्नका लागि नै नमिल्ने तर सासंद कालो सूचिमा परे पद जाने नजाने कानुनी जटिलता थपेको छ । सासंद पद निलम्बन हुने कानुन भने ऐन भन्दा केहि फरक देखिन्छ प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ मा सासंद पद निलम्बन सम्बन्धि व्यवस्था छ । सो दफामा तीन वर्ष भन्दा बढी कैद माग गरेको मुद्दामा स्वत निलम्बन हुने प्रावधान छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्दा पनि सासंद पद निलम्बन हुन्छ भने सम्पति शुद्धिकरण सम्बन्धि मुद्दामा पनि पद निलम्बन हुनेछ ।

सासंद कार्कीले कुमारी बैंकसँगको हिसाब किताब अझै नमिलेको स्वीकार गरे । सासंद कार्कीले सिंहदरबारसँग भने, “मैले जग्गा काटेर लैजाउ भनेकै छु तर मिलेको छैन, बैंकसँग मेरो कुनै गुनासो छैन् ।”

कार्की २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नवलपरासरी (बर्दघाट सुस्ता पुर्व) २ बाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यस्तो छ लफडा

कुमारी बैंक लिमिटेड शाखा कार्यालय सिद्धार्थनगर, रूपन्देहीले केहि समयअघि सासंद कार्कीको लगानी रहेको न्यु मनकामना इट्टा कारखाना प्रालीलाई ऋण दिएको थियो। सो ऋणको सावा तथा ब्याज तिर्न आउन संचालक कार्किलाई पटक-पटक ताकेता गर्दा पनि ऋण तिर्न अस्वीकार गरेपछि उनको धितो राखेको सम्पति लिलामीमा चढेको हो ।

बैंकले कान्तिपुर दैनिकमा२०८० पुस १८ गते ३५ दिने सूचना सहित तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । सुचनामा कुमारी बैंक लिमिटेड शाखा कार्यालय सिद्धार्थनगर, रुपन्देहीबाट ऋणीहरुले प्राप्त गरेको ऋणकर्जाको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा व्याज, पेनाल व्याज आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक रुपमा सूचना गरी तरताकेता गर्दा समेत नतिरी नबुझाई बैंकसंग भएको ऋणकर्जा सम्बन्धी शर्तबन्देजहरु उल्लंघन गरेको आरोप लगाएको छ ।

कार्कीको कम्पनी प्रा.लि. नं. ५५५२/०५३ / ५४ दर्ता भई आन्तरीक राजश्व कार्यालय बुटवल, रुपन्देहीबाट मिति २०६६ / ०८ / १९ मा स्थायी लेखानम्बर ३०१६७७१४७ को प्रमाणपत्र प्राप्त भई रुपन्देही जिल्ला, पर्रोहा गा.वि.स./न.पा. वडा नं. ०६ स्थित न्यु मनकामना इट्टा कारखाना प्रा. लि. हो । यो कम्पनीले आर्थिक वर्ष २०७६/०७७ देखि कर दाखिला गरेको छैन ।

लिलाममा चढ्यो कार्कीको सम्पति

सासंद कार्कीले समयमै ऋणको सावाँ ब्याज तिर्न नसकेपछि उनले बैंकमा धितो राखेको सम्पतिहरु लिलामीमा चढेको छ । कार्कीको नाममा मालपोत कार्यालय बुटवल, रुपन्देहीमा दर्ता श्रेष्ता कायम रहेको रुपन्देही जिल्ला परोहा न.पा./ गा.वि.स. वडा नं. ६ / क स्थित कित्ता नं. १२७, १३९, ३९७, ३९४, १४१, २६७, २७३, ५०४, ५८१ र ११३ को क्षेत्रफल क्रमशः ०-०-११, ० १ ४ ० १ २ ० २ १७, ०९७, ०३-११.५, ०-२-४, १-१३-१९, ०-८-०२०-२-५ (वि.क. धु.), ऐ.ऐ. वडा नं. ५ / ख स्थित कित्ता नं. ५६५ को क्षेत्रफल ०-९-१६ (बि.क. धु.) को जग्गा लिलामीमा चढेको छ ।

कार्की कै नाममा रहेको मालपोत कार्यालय कावासोती, नवलपरासी (ब.सु. पु.) मा दर्ता श्रेष्ता कायम रहेको नवलपरासी (ब.सु.पु.) जिल्ला कावासोती न.पा./गा.वि.स. वडा नं. ६ क स्थित कित्ता नं. ६१७ को क्षेत्रफल ०-१-१ (बि. क. धु.) को जग्गा बैंकले लिलामीमा चढाएको छ ।

कार्कीको नाममा मालपोत कार्यालय कावासोती, नवलपरासी (ब.सु.पु.) मा दर्ता श्रेष्ता कायम रहेको नवलपरासी (ब.सु.पु.) जिल्ला तम्सरिया न.पा./गा.बि.स. वडा नं. ९ क स्थित कित्ता नं. ७६०, ९८१ २७८ र ७६१ को क्षेत्रफल क्रमशः ०-१०-० ०-६-५.२५, ०-८-५.५ २० १६-१२ (बि.क. धु.) को जग्गा बैंकले लिलामी प्रकृया अघि बढाएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्