Shikhar Insurance
National Life

नेपाली सेनाले भन्यो- ‘गणतन्त्रको रक्षा गर्न कटिबद्ध छौं’

सिंहदरबार संवाददाता
२०८१ चैत्र ६, बुधबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाले संविधानको रक्षा गर्न तयार रहेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संविधानको रक्षा गर्न तयार रहेको बताएको हो ।

राजतन्त्र फर्किने भन्दै सामाजिक संजालहरुमा हल्ला फैलिन थालेपछि सेनाले आफ्नो धारणा स्पष्ट गरेको हो । सामाजिक संजालहरुमा नेपाली सेनाले राजालाई समर्थन गर्ने हल्ला चल्न थालेपछि सेनाले सामाजिक संजालको टिका टिप्पणीलाई विस्वास नगर्न भनेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ । विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै आएको छ ।

तसर्थ, नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

No description available.

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्