काठमाडौं । नेपाली काँग्रेसका सांसद डा उदय समशेर जबराले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे । उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यि समस्या बढेको बताए ।
उनले भने, ‘फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ । विशेष गरेर मनि लाउण्डरिङ र सम्पती शुद्धिकरणको विषय केन्द्रित हो । नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो । सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन । त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ । अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।’
उनले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्