काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले ग्राहकलाई सेवा प्रदान गरेबापत १७ अर्ब ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ रहेको छ भने चुक्तापुँजी १८ अर्ब, रिजर्भमा ७३ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २९.२८ रुपैयाँ, पीई रेसियो ३०.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्