Skip to content
Shikhar Insurance
National Life

कर्मचारी सुरक्षण कोषको २० करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेश गर्न आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले फागुन २३ गते (शुक्रबार) एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुमा २० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको जनाएको छ ।

२०८१ चैत ३ गतेदेखि २०८२ चैत ३ गतेदेखिसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई फागुन २६ गतेसम्ममा ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा (नेट एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ । यस अघिसम्म राष्ट्र बैंक र अन्य सरकारी संस्थाहरुको निक्षेप स्वीकार गर्न तथा अन्य वित्तिय कारोबार गर्नका लागि ५ प्रतिशत भन्दा न्युन एनपीएल हुनुपर्ने व्यवस्था थियो ।

त्यसैगरी, बैंकले समय समयमा निर्धारण गरे बमोजिमकोे खुद तरल सम्पत्ति अनुपात कायम गरेको सीमा भित्र रहेको बैंकहरुमा लगानी गर्ने राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्