Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले प्रकाशित गर्‍याे वित्तीय साक्षरतासम्बन्धी आधारभूत अवधारणाहरुको पहिलो संस्करण

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासम्बन्धी आधारभूत अवधारणाहरु प्रकाशित गरेको छ । राष्ट्र बैंकले आज (सोमबार) देखि सुरु भएको ग्लोबल मनी विकका अवसरमा सो वित्तीय साक्षरताको आधारभूत अवधारणाहरुको पहिलो संस्करण प्रकाशित गरेको हो ।

प्रकाशित अधारभूत अवधारणाहरुमा वित्तीय साक्षरतासम्बन्धी १८ वटा शीर्षक समेटिएका छन्, जस्मा आवश्यकता र चाहना, पारिवारिक बजेट, बचत, लगानी, वित्तीय लक्ष्य, कर्जा, ब्याज, वित्तीय अनुशासन, वित्तीय सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, पुँजी बजार, बिमा, सहकारी, कर्जा सूचना, विप्रेषण (रेमिट्यान्स), विद्युतीय वित्तीय सेवा, विद्युतीय वित्तीय ठगी, गुनासो व्यवस्थापन आदि विषय रहेका छन् ।

यी शीर्षकमा उल्लेखित विषयवस्तु विशेषगरी वित्तीय ज्ञान र साक्षरतासँग सम्बन्धित छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्