Skip to content
Shikhar Insurance
National Life

राष्ट्र बैंकले बढायो अनिवार्य नगद मौज्दातको सीमा, अब दैनिक ९० प्रतिशत कायम गर्नुपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम दैनिक रुपमा कायम गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै जेठ १८ गतेदेखि लागू हुने गरि बैंक तथा वित्तीय संस्थाहरुले कूल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातबापत दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नु पर्ने जनाएको हो ।

यसभन्दा अघि अनिवार्य नगद मौज्दातबापत् दैनिक न्यूनतम ७० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नु पर्ने व्यवस्था थियो । त्यसैगरी, अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनको लागि कुल निक्षेप दायित्वका हकमा साप्ताहिक रुपमा आइतवारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अङ्कले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक मौज्दातको गणना गर्दा आइतबारदेखि १४ औं दिनको शनिबारसम्मको दैनिक मौज्दातको कुल योगलाई १४ अङ्कले भाग गरी दैनिक औसत निर्धारण गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

साथै, सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नु पर्ने भएको छ । यसअघि ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत् सेयर धितो कर्जाको जोखिम भार घटाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्