Skip to content
Shikhar Insurance
National Life

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १९ करोड २१ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप सन् २०२५ मे १७ देखि सन् २०२६ मे १७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

सिलबन्दी प्रस्ताव पेश गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनु पर्ने बैंकले जनाएको छ । त्यसैगरी, बैंकले समय समयमा निर्धारण गरे बमोजिमको न्यूनतम कुल पुँजीकोष अनुपात (bufferसहित)

कायम गरेको, निष्कृय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्कृय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको, खुद तरल सम्पत्ति अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

त्यस्तै, कर्जा निक्षेपको अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्