Shikhar Insurance
National Life

१ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव पेश गर्न आह्वान

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाहरुमा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले चैत ३ गते (आइतबार) एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब १५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा १७ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०८१ चैत १० गतेदेखि २०८२ चैत ९ गतेदेखिसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई चैत ५ गतेसम्ममा ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ । उक्त निक्षेप लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने बैंकले जनाएको छ ।

त्यस्तै, निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा (नेट एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्