Shikhar Insurance
National Life

२०८२ सालमा बैंकहरूका लागि राष्ट्र बैंकले तोक्यो ३८ दिन बिदा (सूचिसहित)

सिंहदरबार संवाददाता
२०८१ चैत्र ८, शुक्रबार १८:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८२ सालका लागि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुका लागि ३८ बिदा दिने भएको छ । नेपाल राष्ट्र बैंकले बिदाको सूचि सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

दशैं, तिहार, छठ, तिज, बिभिन्न प्रकारका ल्होसार, फागु, नयाँ वर्ष, क्रिसमस लगायतका बिदाहरु तोकेको हो । राष्ट्र बैंकले केहि चाडबाडहरुमा सम्पूर्ण कर्मचारीलाई बिदा दिने भनेको छ । केहि पर्वहरुका हकमा सिमित अवधीका लागि सिमित बैंकिङ सेवा उपलब्ध गराउने भनेको छ । केहि बिदामा पनि सम्बन्धीत जाति वा क्षेत्र विशेषका कर्मचारीले मात्रै बिदा पाउने राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उल्लेखित बिदा अनुसार ३२ दिन बाहेक अन्य ६ दिन सरकारले बिदा दिने निर्णय गरेको हकमा मात्रै लागू हुनेछ । राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ । आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय निर्धारण भएको छ । यस वर्षभर प्रत्येक शुक्रवारका लागि कार्यालय समय बिहान १० बजेदेखि १:३० बजेसम्म खुला रहने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्